
गति वा परिवर्तन मानिस, जीवन र जगतको शाश्वत चरित्र हो । मानिस, जीवन र जगतको चरित्रबारे मानवजातिले शुरुवातदेखि नै खोजी गर्न सिक्यो । साथै आफ्नो चाख, इच्छा वा आवश्यकताअनुसार त्यसलाई बदल्ने वा अनुकुल बनाउने प्रयत्न गर्यो । त्यसकै फलस्वरुप समाज र सभ्यता आजको युगसम्म आइपुगेको हो । आज हामी भौतिक विज्ञानको चमत्कारिक युगमा छौं । सामाजिक घटनाक्रममा पनि थुप्रै उथलपुथल भएका छन् । थुप्रै नयाँ घटना र मान्यताहरु समाजमा स्थापित भइसकेका छन् । परिवर्तन स्वस्फुर्त र सचेतन प्रयत्न दुवै तरिकाबाट भईरहेको छ । तर स्वस्फुर्त परिवर्तनभन्दा सचेतन परिवर्तनको परिणाम बढी उपलब्धिमुलक छ । सामाजिक परिवर्तनमा सचेतन प्रयत्नलाई कसरी प्रभावकारी बनाउँने ? परिवर्तित परिस्थितिमा सिंगो मानवजातिको हित अनुकुल हुने समाजको श्रृजना कसरी गर्न सकिन्छ ? त्यसका वैचारिक मापदंड के के हुन सक्छन ?यतिबेला युगिन आवश्यकतामा उभिएर यिनै सवालहरुको उत्तर संश्लेषण गर्न जरुरी भएको छ ।
बैकल्पिक राजनीतिक बहस (सात सिद्दान्तहरु )बैकल्पिक विचार मंचको तर्फबाट २०६९ मा प्रकासित
This comment has been removed by the author.
ReplyDelete